Logo

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता



धनगढी, ४ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणनाको विवरण अनुसार हमालले १० हजार ८२५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार १६६ ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६४ मत प्राप्त गरेका हुन् र

त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले ४ हजार ६६८ मत ल्याएर अग्रता लिएकी छिन् उनलाई एमालेकी कन्दकला कुमारी रानाले ४ हजार २४६ मत ल्याएर पछ्याइरहेकी छिन् ।

स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्