Logo

बैतडीमा दोहोरिए ४ अध्यक्ष



बैतडी, जेठ ४ । बैतडीमा ४ जना गाउँपालिका अध्यक्ष पुनः निर्वाचित भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँद, सिगास गाउँपालिकामा हरिसिंह धामी र दोगडाकेदार गाउँपालिकामा चक्रबहादुर कार्की अध्यक्ष पदमा फेरी दोहोरिएका हुन्।

पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द नेपाली कांग्रेसका रमेशसिंह भण्डारीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने शिवनाथमा कर्णसिंह साउँद एमालेका हजारी साउँदलाई पछि पार्दै निर्वाचित भएका हुन्।

यस्तै सिगास गाउँपालिकामा हरिसिंह धामी एमालेका जस्बीर बोहरालाई हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका छन्् भने दोगडाकेदार गाउँपालिकामा चक्रबहादुर कार्की नेपाली कांग्रेसका देवराज जोशीलाई पछि पार्दै निर्वाचित भएका हुन्।

यस्तै पञ्चेश्वर गाउँपालिकामा बीना भट्ट एकीकृत समाजवादीका राजेन्द्र चन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् भने दोगडाकेदार गाउँपालिकामा पार्वती ऐरी कार्की माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)लाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

यस्तै दुई जना उपाध्यक्ष पनि पालिकामा दोहोरिएका छन्। पञ्चेश्वर गाउँपालिकामा बीना भट्ट र दोगडाकेदार गाउँपालिकामा पार्वती ऐरी कार्की दोहोरिएका हुन्।



प्रतिक्रिया दिनुहोस्