Logo

एमालेसँग जुनसुकै बेला मिल्ने सम्भावना छ : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनता जहिल्यैपनि देशभक्त शक्तिहरु एकताबद्ध होउन भन्ने चाहेको बताएका छन् । उनले नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अब नेपालका मुख्य दलहरुले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बेला आएको सुनाए ।

उनले आफ्नो पुस्ताका नेताहरु अब सल्लाहकारको भूमिकामा रहनुपर्नेमा जोड दिए । उनले अब सबै कम्युनिष्टहरुले पूनर्विचार गर्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्टहरुको एकता हुँदा कांग्रेसको विरुद्धमा त्यो नहुने पनि स्पष्ट पारे । उनले एमालेलाई सिध्याउनको लागि आफूहरुले कुनै षड्यन्त्र नगरेको दाबी गरे । एमालेले अहिले जनताबाट कठोर सजाय पाएको पनि झलनाको दाबी छ ।

उनले चुनावअघि नै एमालेसँग सहकार्य हुने सम्भावना रहेको पनि औंल्याए । उनले भने,‘अब भविष्यका सम्भावनाहरु अनन्त हुन्छन्, म त कुनैपनि बेलामा, जस्तो यो स्थानीय निकायको निर्वाचन भयो, त्यसको परिणाम आउँदैछन्, सबै पार्टीले समिक्षा गरुन्, त्यसपछि एक आपमा बसुन, कम्युनिष्ट आन्दोलनलाई अब समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आएपछि कसरी पूनर्गठन गर्ने ? भन्ने सोच्नुपर्छ । त्यसको लागि सबै एकताबद्ध हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्