Logo

बालेन साह झण्डै ८ हजार मतले अगाडी



काठमाडौं, ४ जेठ । देशभर गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ५३७ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८५ सय ४८ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७६ सय ९० मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत ल्याउँदा राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्