Logo

देशकै कान्छो दलित वडाध्यक्ष बने बझाङका प्रेम ओखेडा



बझाङ, ४ जेठ । बझाङको बुंङल नगरपालिका वडा नं.१० को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रेम ओखेडा निर्वाचित भएका छन् ।

कुल खसेको ८ सय ७० मत मध्ये गठबन्धनका साझा उम्मेदवार ओखेडाले ५० मतान्तरले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश पुजारालाई पराजित गरेका हुन् ।

२४ वर्षीय ओखेडाले ३ सय ११ मत प्राप्त गरेका छन् । जनप्रतिनिधि निर्वाचित भएसंगै उनी देशकै कान्छो दलित वडाध्यक्ष बन्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्