Logo

पोखरामा धनराजले मतान्तर बढाउँदै, उपप्रमुखमा रानाभाटको अग्रता कायमै



पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १९ सय ५९ मतान्तरले अग्रता लिइरहेका छन् ।

गठबन्धनका साझा उम्मेदवार आचार्यले १५ हजार २८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १३ हजार ३२९ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले १५ सय ५६ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । उनले १५ हजार ५९५ मत ल्याएकी छिन् भने उनलाई पछ्याउदै एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २२५ मत ल्याएकी छिन् ।

राप्रपाकी रन्जना कुमारी सेन पौडेलले १३ सय २३ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्