Logo

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित



काठमाडौं, ४ जेठ । स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । काँग्रेसले २०९ पालिका जितिसकेको छ जुन प्रतिष्पर्धी दलहरुले उछिन्न नसक्ने गणित हो ।

काँग्रेसले ११४ पालिकामा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १३० पालिका जितेको छ । उसले ६४ मा अग्रता बनाएको छ । अग्रता बनाएको समेत जोड्दा पनि एमालेले काँग्रेसलाई भेट्न सक्दैन ।

नेकपा माओवादी केन्द्रले ९० पालिका जित्दा २८ मा अग्रता बनाइरहेको छ । जसपाले ८ पालिका जित्दा २५ मा अग्रता बनाइरहेको छ ।

नेकपा एसले ७ जित्दा १३ मा अग्रता बनाइरहेको छ । लोसपाले १० मा अग्रता बनाइरहेको छ ।

अन्य दल र स्वतन्त्रले १५ पालिका जितेका छन् । उनीहरुले १२ मा अग्रता बनाइरहेका छन् ।

पालिका जितेका दलमा राप्रपा र जनमत पार्टी पनि छन् ।



प्रतिक्रिया दिनुहोस्