Logo

बुढानिलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी



काठमाडौं, ४ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा विजयी भएका हुन् ।

अध्यक्षमा अधिकारीले १४ हजार २५० मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गरे ।

त्यस्तै, नगरपालिकाको उपप्रमुखमा लामाले १४ हजार ३१४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धी रमिला वाग्लेले ११ हजार ९७२ मत प्राप्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्