Logo

माधव नेपालका सांसद भन्दा पालिका प्रमुख कम हुने भएपछि…



काठमाडौं, ४ जेठ । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका २३ सांसद छन् । सोम पाण्डेलाई समेत गन्दा २४ पुग्छ ।

२७५ सदस्यीय संसदमा माधव नेपाल नेतृत्वको नेकपा एसको २३ सांसद हुनु राम्रो संख्या हो । तर, ७५३ पालिकामा नेकपा एसको त्यो भन्दा कम संख्या हुने देखिएको छ ।

नेकपा एसले स्थानीय चुनावको मतगणना भइरहँदा ७ मा जित निकालेको छ । १३ मा एसको अग्रता छ । सबै जित्दा पनि २० पुग्छ ।

एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा अग्रता लिइरहेको छ । गठबन्धन बनेका कतिपय पालिकामा धोका पाएको भन्दै एसका नेताहरु असन्तुष्ट बनिसकेका छन् ।

एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमै पुनः विचारको कुरा गरेका छन् । उनले एमालेसँग पुनः एकताको सम्भावना समेत औल्याएका छन् ।

एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको समिक्षा हुने बताइसकेका छन् । उनले चुनावी नतिजा अपेक्षित नभएको बताएका छन् । चुनावी नतिजाले यसभित्र खैलाबैला मच्चिएको छ । कार्यकर्ताले पार्टी छाड्ने सम्भावना बढ्न थालेको छ ।

एसभित्र गठबन्धनमा घात भएको, आफूहरुलाई कमजोर आँकलन गरिएको लगायतको विषय उठेको छ । जबकि एमालेबाट फुटेर एस नबनेको भए अहिलेको सरकार बन्न मुश्किल हुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्