Logo

स्थापितको वडामा मतगणना सुरु, बालेनको कति पुग्यो



काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ५५८ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडा पनि हो । सुरुवातमा स्थापितले ८७ मत पाएका छन् भने, बालेनले ७३ मत र सिर्जना सिंहले ४७ मत प्राप्त गरेकी छिन् ।

स्थापितले ९ हजार ५६ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार १२८ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत ल्याउँदा राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्