Logo

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, विजय सुवेदी १९०६ मतले पछि परे



काठमाडौं, ४ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले १० हजार मत कटाएकी छिन् । अहिलेसम्म २९ हजार ४ सय ४६ मत गणना भएको छ।

जसमा दाहालले १० हजार ७ सय ४८ मत पाएकी छिन् । एमालेका उम्मेद्धवार विजय सुवेदीले भने ८ हजार ८ सय ४२ मत ल्याएका छन् । दाहालले सुवेदीसँग १९०६ मतको अग्रता कायम गरेकी छिन् ।

अहिले वडा नम्बर ७ को मत गणना भैरहेको छ । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ४ हजार ८ सय ८३ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८ सय ५८ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार १ सय ६६ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्