Logo

पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम



पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् ।

गठबन्धनका साझा उम्मेदवार आचार्यले १६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १४ हजार ३८४ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले १६ सय २१ मत प्राप्त गरेका छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । उनले १६ हजार ६६५ मत ल्याएकी छिन् भने उनलाई पछ्याउदै एमालेकी मञ्जुदेवी गुरुङले १६ हजार ३९८ मत ल्याएकी छिन् । राप्रपाकी रन्जना कुमारी सेन पौडेलले १३ सय ७५ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्