Logo

नेपाल टी-२० लिग असोज पहिलो सातादेखि आयोजना हुने



काठमाडौं, ४ जेठ । क्यानको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० लिग आगामी असोजको पहिलो सातादेखि हुने भएको छ। आज (बुधबार) क्यानले पत्रकार सम्मेलन गर्दै लिगबारे जानकारी दिईएको हो । लिगमा ६ टीमको सहभागिता रहने र होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा हुने क्यानले जानकारी गराएको छ।

करिब २८ दिन चल्ने प्रतियोगिता असोज ८ देखि सुरू भएर कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।यस प्रतियोगिताका लागि स्टार्टेजिक र कमर्सियल पार्टनरको रूपमा सेभेन थ्री स्पोर्टस रहनेछ । क्यानले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्टस सँग वार्षिक ४ करोड १२ लाख८ वर्षका लागि ३३ करोडमा सम्झौता गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्