Logo

बालेनलाई ८५३३ मतको अग्रता, अरुले कति ल्याए



काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ६४३ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ११० मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार १६७ मत प्राप्त गरेकी छिन् । स्थापित भन्दा बालेन ८५३३ मतान्तरले अगाडी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्