Logo

पोखरामा एमालेको विरोधपछि अबरुद्ध मतगणना पुनः सुरु



पोखरा, ४ जेठ । पोखरा महानगरपालिकाको सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी मतगणना नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि अबरुद्ध भएको गणना पुनः सुरु भएको छ ।

सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै एमालेले विरोध जनाएपछि केहीबेर मतगणना स्थगित भएको थियो ।

एमाले प्रतिनिधिले नेपाली कांग्रेसले धेरै प्रतिनिधि प्रवेश गराएको भन्दै नाराबाजी गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि हाल मतगणना सुरु भइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्