Logo

बालेनले फेरी बढाए मतान्तर



काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १८ हजार २६ मत प्राप्त गरेका हुन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।

काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना जारी छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडा पनि हो ।



प्रतिक्रिया दिनुहोस्