Logo

महानगरमा मतान्तर बढाउँदै अग्रस्थानमा रहेका उम्मेदवार



काठमाडौं, ४ जेठ । देशका ६ महानगरपालिकामा मतगणनाले गति लिएको छ । जारी मतगणनामा अग्रस्थानमा रहेका उम्मेदवारहरुले मतान्तर बढाइरहेका छन् ।

काठमाडौमा बालेन साहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाएका छन् । स्थापितभन्दा बालेन ८७ सय मतले अगाडि छन् ।

पोखरा महानगरपालिकामा नेकपा एसका धनराज आचार्य एमालेका कृष्णबहादुर थापाभन्दा २ हजार मतले अगाडि छन् । भरतपुरमा माओवादीकी रेनु दाहालले एमालेका विजय सुवेदीलाई २ हजार मतले पछि पारेकी छिन् ।

ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा साँढे ४ हजारभन्दा बढी मतले अगाडि छन् । महर्जनले मतान्तर बढाउँदै लगेका छन् ।

वीरगञ्जनमा जसपाका राजेशमान सिंह एमालेका विजयकुमार सरावगीभन्दा दोब्बर मतले अगाडि छन् । वीरगञ्जमा सिंह जित्ने निश्चितप्रायः भइसकेको छ ।

विराटनगरमा काँग्रेसका नागेश कोइराला एमालेका सागरकुमार थापाभन्दा ३६ सय मतले अगाडि छन् । नागेशले पनि मतान्तर बढाउँदै लगेका छन् । यही रफ््तारमा मतगणनाको नतिजा जाने हो भने अग्रस्थानमा रहेका दलहरु नै चुनाव जित्ने देखिएको छ । एमाले महानगरपालिकाहरुमा कहीं पनि नेतृत्वमा नआउने अवस्था बनेको छ । तर, उपमेयरहरुमा काठमाडौं, ललितपुर, पोखरा र विराटनगरमा एमालेका सम्भावना बलियो देखिएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्