Logo

ओलीलाई दाँतको समस्या



काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाँतमा समस्या आएको छ । उनी दाँतको समस्या भएपछि अस्पताल गएर जचाएका छन् ।

मंगलबार उनी मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको कार्यक्रममा पनि सहभागी हुन सकेनन् । दाँतको उपचार गर्न अस्पताल गए । आराम गर्ने चिकित्सकको सुझाव अनुसार ओलीले भेटघाट पनि कम गरेको बुझिएको छ ।

ओलीले केही निकटस्थहरुसँग मात्र चुनावी परिणामको समिक्षा गरेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्