Logo

धरानको मेयरमा लौरो चिन्हका साम्पाङ अगाडि



काठमाडौं, ४ जेठ । धरान उपमहानगरपालिकामा लौरो चिन्हका स्वतन्त्र उममेदवार हर्क साम्पाङ मतगणनामा अगाडि आएका छन् । उनले १४ मतले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका हुन् ।

साम्पाङले ८१४० मत ल्याउँदा राईको ८१२६ मत छ । एमाले उम्मेदवार मञ्जु भण्डारीको ६७१३ मत छ ।

साम्पाङको अग्रतालाई रोचक मानिएको छ । यसअघि सुरुवाती अग्रता लिएका साम्पाङ पछि परेका थिए । उनले फेरि राईलाई उछिन्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्