Logo

चौधरी फाउण्डेशनद्धारा कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक वार्ड’ स्थापना



काठमाडौं, ४ जेठ । काठमाडौंको कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक वार्ड स्थापना भएको छ । चौधरी फाउन्डेसनले आज एक कार्यक्रमको बीच उक्त वार्ड स्थापना गरिएको हो । फाउन्डेसनले अस्पतालमा २५ बेडसहितको आकस्मिक वार्ड स्तरोन्नति गर्न सहयोग गरेको हो।

फाउण्डेशनको यो सहयोगसँगै अब अस्पतालको इमर्जेन्सी सेवामा सुविधा पुग्ने विश्वास लिईएको छ । आज (बुधबार) एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, फाउण्डेशनका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा उक्त वार्ड हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले ६० वर्ष पुरानो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको २५ बेड बनाउन चौधरी फाउन्डेसनले सहयोग गरेको सुनाए । श्रेष्ठले भने, ‘निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने दायित्व सरकारको भए पनि स्रोत साधनको सीमितता हुँदा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ।’

त्यस्तै, चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले फाउन्डेसनको लक्ष्य बालबालिकाको विकास र क्षमता अभिवृद्धिमा सहयोग गर्नु रहेको बताए।
चौधरी फाउन्डेसनकी महासचिव सारिकादेवी चौधरीले कान्तिबाल अस्पतालसँग सहकार्य गर्न पाउँदा खुसी भएको प्रतिकिया दिइन्। उनले फाउन्डेसनमार्फत आमाहरूको चिन्तालाई सहयोग गर्न पाउँदा आफूलाई गर्व महसुस भएको सुनाईन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या सचिव रोशन पोखरेलले आकस्मिक कक्ष स्तरोन्नतिपछि व्यवस्थापनको जिम्मेवारी अस्पतालको भएको बताए। २०२१ डिसेम्बरमा अस्पताल र चौधरी फाउन्डेसनका बीचमा आकस्मिक कक्ष स्तरोन्नतिको सम्झौता भएको थियो।



प्रतिक्रिया दिनुहोस्