Logo

कटारी नगरपालिका : १३ र १४ को वडा अध्यक्षमा एमाले विजयी



उदयपुर, ४ जेठ : उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् ।

यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

दुई वटा वडामा मत गणना गर्दा नेपाली काग्रेसका नगर प्रमुखका उम्मेदवार राजेशचन्द्र श्रेष्ठले ९२१ मत नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ९०४ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र केपी बरालले ८९ मत पाएका छन् ।

नगर उपप्रमुखमा गठबन्धनबाट विनोद कटुवालले ७३६ मत, नेकपा एमालेकी गिता खड्काले ९५७ मत पाएकी छिन् भने स्वतन्त्रले १३७ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्