Logo

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न



काठमाडौं, जेठ ५ । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले २ हजार ७ सय ९६ मिटर सुरुङमार्ग सम्पन्न भएको जानकारी दिएका छन् । २ हजार ६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग पूर्वबाट ६ सय १ मिटर र पश्चिमबाट ६ सय ३ मिटर सम्पन्न भएको हो ।

आकस्मिक सुरुङमार्गको २५ सय ५७ मिटर लम्बाइमध्ये पूर्वमा ८ सय २८ मिटर र पश्चिममा ५ सय ९१ प्रतिशत सम्पन्न भएको छ । वर्किङ अडिटका लागि १ सय २६ मिटर सुरुङ खनिएको छ भने मुख्य सुरुङमार्ग र आकस्मिक सुरुङमार्गबीच खन्नुपर्ने सुरुङमार्ग ४४ मिटर खनिएको छ ।

क्रस प्यासेजका लागि १ सय २८ मिटर सुरुङ खन्नुपर्नेमा ४८ मिटर खनिएको छ । आयोजनामा कुल सुरुङ ५ हजार ४ सय ९९ मिटर खन्नुपर्छ जसमा पूर्वबाट १४ सय ६१ मिटर खनिएको छ भने पश्चिमबाट १३ सय ३६ मिटर गरी २७ सय ९६ मिटर खनिएको छ ।

आयोजनामा तीनवटा अन्डरपास गर्न‘पर्नेमा दुईवटा सम्पन्न भएको छ । बक्स कल्भर्ट चारवटा बनाउनुपर्नेमा सम्पन्न भएको छ । एकवटा ओभरपास र तीनवटा पुल निर्माण सम्पन्न भएका छन् । आयोजनामा एकवटा फ्लाई ओभर बनाउने लक्ष्य राखिएको छ । आयोजना प्रमुख शाक्यले सुरुङमार्गसम्म पुग्ने सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न भएको र फाइलिङ ३९ प्रतिशत सम्पन्न भएको जानकारी दिएका छन् ।

आयोजनाले सुरुङमार्ग खन्ने काम ५० प्रतिशत भए पनि भौतिक पूर्वाधारको काम ३५ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ भने आर्थिक प्रगति भने ४५ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गत समग्रमा भौतिक प्रगति ३५ दशमलव ५ प्रतिशत आर्थिक प्रगति ४५ दशमलव ५० प्रतिशत पुगेको छ ।

निर्वाचनमा तीन दिन बन्द आयोजनाले गत ३० वैशाखको स्थानीय तहको निर्वाचनका लागि तीन दिन काम रोकिएको जनाएको छ । २९ वैशाखदेखि ३१ सम्म आयोजनाको काम बन्द भएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्