Logo

गठबन्धनको सबैभन्दा फाइदा माओवादीलाई भयोः हरिबोल गजुरेल



काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले ५ दलीय गठबन्धनो सबैभन्दा फाइदा आफ्नो पार्टीलाई भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने, “गठबन्धन चुनावका लागि मात्र थिएन, प्रतिगमनलाई परास्त गर्नका लागि थियो । केपी प्रवृत्ति परास्त हँुदैछ भन्ने स्थानीय तहको जनमतले देखाइसक्यो । बढी सिट कांग्रेसले ल्याए पनि प्रतिगमनविरोधी आन्दोलनको अगुवाइ गरेको सबभन्दा बढी फाइदा माओवादी केन्द्रलाई भएको छ ।”
एमाले कमजोर हुनु भनेको माओवादी बलियो हुँदै जानु भएको पनि गजुरेलले बताए । उनले भने, “एमालेले माओवादीलाई सिद्ध्याउँछु भनेको थियो, आफैं जनताबाट फालियो । माओवादी अरुका कारण सिद्धिने होइन, सिद्धियो भने आफ्नै कारण सिद्धिने हो । पहिलो पार्टी भएको एमाले कहाँ छ ? एमाले कमजोर हुनु भनेको माओवादी बलियो हुँदै जाने हो ।”
केपी प्रवृत्ति हावी रहुन्जेल पार्टी एकता सम्भव नभएको पनि उनले बताए । गजुरेलले थपे, “बरु हामी कांग्रेससँग मिलेर लड्छौं । हाम्रो थोरै सिट होला, त्यसमा चित्त बुझाउँछौं । तर केपी प्रवृत्ति हावी रहुन्जेल एमालेसँग एकता सम्भव छैन ।”

 



प्रतिक्रिया दिनुहोस्