Logo

प्रचण्ड त आफ्नो एजेण्डामा सबैलाई हिँडाउने गतिशिल नेता हो : वर्षमान पुन (भिडिओसहित)



काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा राम्रो समन्वय नदेखिएको गुनासो पोखेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले नै जित हाँसिल गर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनको सबै परिणाम आएपछि केन्द्रीय कमिटीले पदाधिकारी टुँगो लगाउने स्पष्ट पारे । उनले दलहरुले आफूलाई परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल गतिशिल नेतृत्व भएको उल्लेख गरे । उनले अहिलेका नेताहरुमध्ये प्रचण्ड आफ्नो एजेण्डामा सबैलाई हिँडाउने गतिशिल नेता भएको दाबी गरे । यद्धपी अरु नेताहरुसँग पनि आ आफ्नो विशेषता र ईतिहास रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्