Logo

एमाले नेता भट्टराईको दाबी : काठमाडौं महानगरमा केशब स्थापितले जित्नुहुन्छ (भिडिओसहित)



काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा केशब स्थापित विजयी हुने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेपनि लाखौं भोट गणना हुन बाँकी रहेकोले स्थापितले अब अग्रता बनाउने उनको दाबी छ । उनले एमालेको पकेट क्षेत्रबाट भोट बढ्ने सुनाए । उनले आफूले प्राप्त गरेको सूचना र स्वयम मेयरका उम्मेद्धवार स्थापितले पनि जित्छु भनेकोले यस्तो दाबी गरेको सुनाए ।

तर, बालेन शाह विजयी भए आफूहरुले शुभकामना दिए । उनले एमालेले युवाहरुलाई जहिल्यैपनि प्रोत्साहन गरेको सुनाए । काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोललाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याउन भनेको र सोहीअनुसार टिकट दिएको पनि सुनाए । उनले एमाले अहिलेको निर्वाचनमा अहिले नै पत्तासाफ भयो भनेर भविष्यवाणी गर्न नहुने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्