Logo

चितवनको रत्ननगर १२ मा माओवादी केन्द्र विजयी



चितवन, जेठ ५। रत्ननगर वडा नम्बर १२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। माओवादी केन्द्रका सुन्दरमणी सुवेदीले १ हजार १ सय ६२ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार अनिता अर्यालले ९ सय ३७ मत ल्याइन् भने नेकपा एमालेका राम शरण नेपालले ५६० मत ल्याएका थिए।

यस्तै, महिला सदस्य पदमा पनि माओवादी केन्द्रकै चन्द्रा काफ्ले पनेरू विजयी भएकी छन्।

 



प्रतिक्रिया दिनुहोस्