Logo

ओेलीलाई चुनावी धक्का



काठमाडौं, ५ जेठ । नेकपा एमालेलाई स्थानीय निकायको चुनावमा ठूलो धक्का लागेको छ । एमालेले २०७४ सालको चुनावमा जितेको जति पालिकाहरु पनि नजित्ने निश्चित भइसकेको छ । महानगरपालिकाहरुमा एमालेको कतैपनि नेतृत्व नरहने सम्भावना देखिएको छ ।

उपमहानगरपालिकाहरुमा ११ मध्येमा एमालेले अधिकतम ३ जित्ने अवस्था बनेको छ ।

२०७४ को स्थानीय चुनावमा एमालेले २९४ पालिका जितेको थियो । यसपटक उसले २ सयको हाराहारीमा मात्र पालिका जित्ने देखिदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो चुनावी परिणाम आएन । यसले आगामी चुनावमा पनि ओलीलाई धक्का लाग्ने देखिएको छ ।

स्थानीय चुनावमा काँग्रेसले ३ सय भन्दा बढी पालिका जित्ने निश्चित भइसकेको छ । २४६ जितिसकेको र ७४ मा अग्रस्थानमा छ ।

माओवादीले पनि विगतको तुलनामा बढी पालिका जित्ने देखिएको छ । विगतमा जितेको १०६ पालिकाभन्दा माओवादीले बढी पालिका जित्ने निश्चित भइसकेको छ । माओवादीले १०४ पालिका जित्दा १३ मा अग्रता बनाइरहेको छ ।

जसपाले १४ पालिका जित्दा २० मा अगाडि छ । विगतमा संघीय समाजवादी फोरमका नाममा जसपा चुनाव लड्दा ३४ पालिका जितेको थियो । अहिले लोसपा बनेको राजपाले भने विगतमा जितेको २५ पालिकामध्ये आधा जस्तो गुमाउने अवस्था बनेको छ ।

यसपटक साना दल र स्वतन्त्र बलियो स्थितिमा पुगेका छन् । ३० भन्दा बढी पालिका राप्रपाका अलावा साना दल र स्वतन्त्रले जित्ने अवस्था बनेको छ ।

चुनावको परिणामलाई केलाउँदा काँग्रेस र माओवादीले विगतमा भन्दा बढी पालिका जित्ने देखिएको छ । एमालेलाई ठूलो धक्का लागेको छ । एमालेबाट फुटेको नेकपा एसले पनि अपेक्षित परिणाम निकाल्न सकेन ।-File Photo



प्रतिक्रिया दिनुहोस्