Logo

पाकिस्तानको नयाँ सरकारले संसद बैठक चलाउन सकेन



एजेन्सी, ५ जेठ । पाकिस्तानमा सेहवाज सरिफ प्रधानमन्त्री भएपछि बसेको संसदको पहिलो बैठक कोरम नपुगेर बस्न सकेन । कोरम नपुगेपछि स्थगित गरिएको बैठक ३४२ सांसदमध्ये ३० जनामात्र उपस्थित भएपछि बस्न नसकेको हो ।

मङ्गलबार कोरम नपुगेर बस्न नसकेको बैठक शुक्रबारका लागि डाकिएको छ । संसद बैठक बस्न नसकेपछि इमरान खान नेतृत्वको दलले प्रश्न उठाएको छ । खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा देखिएको उत्साह कहाँ गयो ? भनी जमातका सांसद मौलाना अब्दुल अकबरले प्रश्न उठाएका छन् ।

पाकिस्तानमा खान नेतृत्वको सरकारलाई संसदले हटाएको हो । तर, पाकिस्तानमा नयाँ राजनीतिक टकराव बढेको छ । विदेशी हस्तक्षेपको विषय उठ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्