Logo

ब्रिक्सका विदेशमन्त्रीहरुको भर्चुअल बैठक आज



एजेन्सी, ५ जेठ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संगठन ब्रिक्सका विदेशमन्त्रीहरुको बैठक आज हुने भएको छ । भर्चुअल माध्यमबाट हुने बैठक जून महिनामा तय भएको ब्रिक्स सम्मेलनको तयारी अघिको हो ।

ब्रिक्सका विदेशमन्त्रीहरुको बैठकको सभापतित्व चिनियाँ विदेशमन्त्री वाङ ईले गर्नेछन् । जसमा भारतका विदेशमन्त्री एस जयशंकर, दक्षिण अफ्रिकी विदेशमन्त्री नालेडी पान्डोर, ब्राजिलका विदेशमन्त्री कार्लोस फ्रान्का र रुसी विदेशमन्त्री सेरगेई लाभरोभ सहभागी हुनेछन् ।

बैठकमा विकाशशील देशहरुको उदीयमान बजार र ब्रिक्स प्लसको विषयमा छलफल हुने उल्लेख छ । गत हप्ता ब्रिक्सका स्वास्थ्यमन्त्रीहरुको बैठक बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्