Logo

श्रीलंकामा चीनले बाँड्न लागेको रासनको समेत विरोध



एजेन्सी, ५ जेठ । श्रीलंकामा चीनविरुद्ध आक्रोश बढ्न थालेको छ । चरम आर्थिक संकटमा परेको श्रीलंकामा चीनले ठूलो ऋण दिएको छ । ऋणको भारले श्रीलंका संकटमा परेको भन्दै विरोध प्रदर्शनहरु दिनहुँ चलेको छ ।

पूर्वाधार विकासका लागि चिनियाँ ऋण श्रीलंकाका लागि सेता हात्ति सावित भएको छ । उसले तिर्न नसक्ने ऋण बोक्दा संकट थपिएको हो ।
हालैमात्र चीनले श्रीलंकाको वैदेशिक सेवा संघका व्यक्तिहरुलाई रासन बाँड्न खोजेको छ । त्यसको समेत कडा विरोध भएको छ । विदेश सेवाका अधिकारीहरुलाई चीनले प्रभावमा पार्न खोजेको भन्दै विरोध चर्किएको हो ।

कोलम्बो ग्याजेटले चिनियाँ कम्युनिस्ट पार्टीको ट्रेडमार्क ब्यागमा राखेर रासन बाँडिएको उल्लेख गरेको छ । उक्त ग्याजेटले रासनलाई घूससँग तुलना गरिदिएको छ । बीआरआईको पक्षमा राजनीतिक दलका नेता देखि उच्च कर्मचारीलाई समेत उभ्याउन चीनले रणनीतिक रुपमा रासन बाँडिरहेको उक्त न्यूज पोर्टलले लेखेको छ ।

बन्दरगाहलगायतका पूर्वाधार बनाउन चीनले दिएको ऋणले श्रीलंका ऋणको जालोमा परेको टिप्पणीहरु भइरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्