Logo

टिकापुरको प्रमुखमा नागरिक उन्मुक्ति विजयी



कैलाली, जेठ ५ । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन् ।

थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई हराएका छन् । उनले नौ हजार ६४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन् । शाहले सात हजार ९५५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याएका छन् ।
टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस्