Logo

पूर्व मिस नेपाल माल्भिका सुब्बाबारे सनसनीपूर्ण खुलासा (भिडियोसहित)



काठमाडौं, ५ जेठ । पूर्व मिस नेपाल माल्भिका सुब्बाबारे सनसनीपूर्ण खुलासा भएको छ । एकजना युवतीले उनीबारे सनसनीपूर्ण खुलासा गरेकी हुन् । युवतीले सामाजिक सञ्जालमा आफूमाथि केही वर्ष अघि बलात्कार भएको र त्यसबारे माल्भिका सुब्बालाई भन्दा उल्टै हतोत्साही बनाउने गरी जवाफ पाएको आरोप लगाएकी हुन् ।

युवतीले आफू १६ वर्ष हुँदा बेहोश बनाएर एकजना ३३ वर्षका फोटोग्राफर पुरुषले बलात्कार गरेको खुलासा गरेकी छिन् । रातभर बलात्कार गरी आफ्नो नग्न तस्बिर खिचेर ब्ल्याकमेल गरेको आरोप लगाइन् ।

बलात्कारपछि २० हजार दिएको र धम्की दिदै ६ महिनासम्म पटक पटक सम्पर्क गरेको युवतीको भनाई छ । उनले ६ महिनापछि आफ्नो केटा साथीलाई सबै खुलाएको र युवकको कन्सल्टेन्सीमै गएर झगडा गरेको बताइन् ।

तर, भिडियोमा युवतीले आफूमाथिको अन्यायबारे पूर्व मिस नेपाल माल्भिका सुब्बालाई फोनमा बताउँदा उल्टै हप्की खाएको बताइन् । माल्भिकाले आफूलाई त्यतिबेला दिएको जवाफबारे युवतीले भनिन्,‘यो मेरो समस्या होइन तिम्रो हो किन सुनाइरहेको ?’

माल्भिकाले आफूलाई आवाज विहिनको आवाज बताउने गरेको भन्दै विगतमा आफूलाई उल्टै अपमान गरेको आरोप लगाइन् । उनले भनिन्,‘उनी आफूलाई किन महिलावादी भएको बताउँछिन् ?’

सुन्दरी प्रतियोगितामा आफू पनि सहभागी भएको र उक्त घटनामा अन्यायमा पर्दा पनि साथ नपाएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्