Logo

मोरङको बूढीगङ्गामा कांग्रेसको जित



काठमाडौँ,५ जेठ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आजसार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्वन्दी एमालेका तुलसीकुमारी कुंवरले छ हजार २२३ मत प्राप्त गरेका थिए ।

विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा कांग्रेस, एमाले र अर्कोमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जित हासिल गरेका छन् । जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मतपरिणाम आउ बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot