Logo

धनगढीमा गोपाल हमाल जीततर्फ बढे



काठमाडौं, ५ जेठ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल जीततर्फ बढेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत ल्याएर जीतको सम्भावना बढाएका हुन् ।

६३ हजार ७१५ मत खसेकोमा ३३ हजार ६५२ मतगणना भइसकेको छ । जसमा हमालले १५ हजार ४२८ मत ल्याइसकेका छन् । अघिल्लो पटक धनगढीको मेयरमै पराजित हमालले त्यतिबेला जितेका उम्मेदवारले ल्याएको मतभन्दा बढी मत प्राप्त गरिसकेका छन् ।

काँग्रेसका नृपबहादुर वडले ७ हजार ५९६ मत ल्याउँदा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्