Logo

६ वर्षीया ब्रेन डेड बालिकाले अंगदान गर्दा ५ जनाको ज्यान बच्यो



एजेन्सी, ५ जेठ । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा ६ वर्षीया बालिकाले पाँच जनाको ज्यान बचाएकी छिन् । यसपछि यी बालिका एम्समा अंग दान गर्ने सबैभन्दा कान्छी बनेकी छिन् । बालिकाको नाम रोली प्रजापति हो ।

यसअघि पनि नोएडामा अज्ञात आक्रमणकारीले यी बालिकाको टाउकोमा गोली हानेका थिए । त्यसयता उनी कोमामा गएकी थिइन् । उनको दिल्लीको एम्समा उपचार भइरहेको थियो । जहाँ चिकित्सकले उनलाई ब्रेन डेड घोषणा गरेका थिए । यस दुःखद घडीमा बालिकाका अभिभावकले ठूलो साहस देखाएका छन् । उनले छोरीको अंग दान गर्ने निर्णय गरे जसले पाँच जनालाई जीवन दिएको छ ।

एम्सका वरिष्ठ न्यूरो सर्जन डा दीपक गुप्ताले अप्रिल २७ मा साढे ६ वर्षीया बालिकालाई अस्पताल ल्याउँदा उनको टाउकोमा गोली लागेको र पुरै भागमा चोट लागेको बताए । ब्रेन डेड अवस्थामा बालिका अस्पताल पुगेकी थिइन् । त्यसपछि हामीले उनको उपचार सुरु ग¥यौं। यस क्रममा डाक्टरको आग्रहमा बालिकाका अभिभावकले अंग दान गर्न राजी भए ।

एम्सको ट्रमा सेन्टरमा सडक दुर्घटनामा परेका ३२ वर्षीय युवकको अंगदानबाट चार जनाले जीवन पाएका छन् । अङ्ग दानमा भेटिएको मुटु, एउटा मिर्गौला र कलेजो एम्समा तीन फरक–फरक बिरामीमा प्रत्यारोपण गरिएको थियो । अर्को मिर्गौला आरएमएल अस्पतालमा अर्का बिरामीमा प्रत्यारोपण गरिएको छ । यसमा विशेष कुरा यो थियो कि १७ वर्षीय किशोरलाई मुटु प्रत्यारोपण गरिएको थियो । जसका कारण अब यो किशोरीमा युवाको मुटु धड्कनेछ ।

एम्सका अनुसार सन्दीप नाम गरेका युवक मे १३ मा गुरुग्राममा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए । यसअघि उनलाई उपचारका लागि गुरुग्रामको पारस अस्पतालमा भर्ना गरिएको थियो । टाउकोमा गहिरो चोट लागेपछि उनलाई एम्सको ट्रमा सेन्टरमा सारिएको थियो तर चिकित्सकले बचाउन सकेनन्



प्रतिक्रिया दिनुहोस्