Logo

पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर



पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले १९ हजार ३८८ मत ल्याएका छन् ।

राप्रपाका शंकर खरालले २ हजार १८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । स्वतन्त्रका गणेश पौडेलले ११ सय ८३ मत ल्याएका छन् ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १२२ मत प्राप्त गरेकी छिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्