Logo

महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो



महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ ।

सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका फेला परेको हो । बर्दिबास बेलगाछी–५ को २ वटा बाकस मध्ये एक बाकसको मतगणना सकिएपछि अर्को बाकस वडामा नै फेला परेको हो ।

निवार्चन कार्यालय बर्दिबासले ७५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot