Logo

७० वर्ष अघि यसरी नेपाल आएका थिए अमेरिकी राजदूत चेस्टर



काठमाडौं, ५ जेठ । यो ७० वर्ष अघिको तस्बिर हो । तस्बिरमा तत्कालीन अमेरिकी राजदूत घोडा चढेर बढ्दै गरेको देखिन्छ । उनको पछाडि ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् ।

चेस्टर सन् १९५२ मा नेपाल आएका थिए । तत्कालीन राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाउन आउँदा घोडा चढेर ३२ किलोमिटर यात्रा गरेका थिए । सन् १९५९ मा नेपालमा पहिलो अमेरिकी दूतावास खुल्नुअघि नेपालका लागि राजदूतको जिम्मेवारी भारतमै बसोबास गरेर जिम्मेवारी सम्हाल्ने गरेको अमेरिकी दूतावासले जनाएको छ ।

चेस्टरले नेपाल आएर तत्कालीन राजासमक्ष भेटेर भूमिसुधार र नागरिकको जीवनस्तर सुधारबारे छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्