Logo

नेप्सेमा आज दोहोरो अंकको गिरावट



काठमाडौं, ५ जेठ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज २३ दशमलव ५१ अंकले घटेर २२५० दशमलव ९१ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८८ अंकले घटेर ४३७ दशमलव २१ विन्दुमा थामिएको हो ।

आज २१९ कम्पनीको १ अर्ब ३० करोड ९८ लाख १ हजार ९९६ रुपैयाँ बराबरको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्