Logo

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई



भक्तपुर, ५ जेठ : भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए ।

कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे ।

तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्र्थ्याइएको छ ।

एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन् ।

थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित भए ।

तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्