Logo

तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर



दमौली, ५ जेठ । तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ७ सय ६५ मतान्तरले अग्रता लिइरहेका छन् ।

जोशीले पछिल्लो मतगणना अनुसार २ नं वडाको ११०० मत गन्दा ५७५ मत प्राप्त गरेका छन् । जोशीले अहिलेसम्म कुल २ हजार ३ सय ६८ मत ल्याएर लिड गरिरहेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपानेले २ नं वडाको ११०० मत गन्दा ४०७ मत ल्याएका हुन् । उनले कुल १ हजार ६ सय ३ मत प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्