Logo

घोराही उपमहानगरमा एमाले विजयी



दाङ, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) हेमराज शर्मा पोख्रेललाई ५,३६० मतान्तरले पराजित गरेका हुन् । पराजित हेमराज शर्मा पोख्रेलले २६,३६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा एमाले कै हुमाकुमारी डिसी विजयी भएकी छिन् । उनले ३० हजार ४०३ मत सहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले ३० हजार ३५४ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्