Logo

तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता



तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले १६६ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका स्यानी चौधरीले ४ हजार २२६ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ३ हजार ७३८ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार खेमराज वलीले २७४ मत प्राप्त गर्दा राप्रपाका पे्रमबहादुर शाहले २२० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्