Logo

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता



बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् । उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार ७५० मत ल्याएका हुन् ।

उपमहानगरको उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्यालले १३ हजार १६४ मत ल्याएर अग्रता लिइरहेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ९ हजार ५०४ मत पाएका छन् । त्यस्तै, राप्रपाका भगवती पाण्डेले ३ हजार ९५१ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्