Logo

जितपुर सिमरा उपमहानगरमा माओवादीका पौडेल निर्वाचित



बारा, ५ जेठ । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् । उनले १८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९६४ मतान्तरले पराजित गरेका हुन् । पराजित सरस्वतीदेवी चौधरीले १७ हजार ७७९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मेघा शाहीले १५ हजार ८४२ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्