Logo

पोखरामा उपमेयरमा काँग्रेसले एमालेलाई उछिन्यो



काठमाडौं, ५ जेठ । पोखरा महानगरपालिकामा नेकपा एसका धनराज आचार्यले मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाको परिणाममा आचार्यले २२ हजार ८५२ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले २० हजार १३२ मत ल्याएका छन् ।

आचार्यले थापालाई २७३० मतले पछि पारेका छन् । ५५ हजार २६७ मत गणना भएको छ । अझै ९६ हजार मत गन्न बाँकी छ ।

उपमेयरमा काँग्रेसले उछिनेको छ । काँग्रेसकी कोपिला रानाभाटले २३ हजार १६४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङले २३ हजार २१ मत ल्याएकी छिन् । रानाभाटले १४३ मतले अग्रता बनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्