Logo

बालेनसँग स्थापित र सिंहको मतान्तर कति



काठमाडौं, ५ जेठ । देशभर स्थानीय चुनावको मतपरिणाम अन्तिम चरणतिर पुग्दा काठमाडौं महानगरपालिकामा धेरैको ध्यान केन्द्रित छ । लौरो चिन्हका स्वतन्त्र उम्मेदवार बालेन साहले प्रमुख दलका उम्मेदवारहरुलाई झण्डै दोब्बर मतान्तरले पछि पारिरहेका छन् ।

बालेनले २४ हजार ३२४ मत पाइसकेका छन् । नेकपा एमालेका केशव स्थापितले १२ हजार ५७३ मत पाएका छन् । नेपाली काँग्रेसकी सृजना सिंहले १२ हजार ९३ मत पाएकी छिन् ।

बालेनसँग स्थापितको मतान्तर ११ हजार ७५१ छ । सृजना सिंहको बालेनसँगको मतान्तर १२ हजार २ सय ३१ छ । स्थापित र सिंहबीचको मतान्तर ४८० छ ।

काठमाडौंको रैथाने नेवार बसोबास गर्ने भित्री वस्तीहरुमा मतगणना हुनथालेपछि स्थापित र सिंह दुवै उत्साही बनेका छन् । उनीहरुको मत पनि केही दिन अघिको भन्दा बढी देखिनथालेको छ ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले केही हजार मत ल्याउने अनुमान गरिएको थियो । तर, उनको मत सोचे जति धेरै देखिएको छैन । सायमीले अहिलेसम्म ६६७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्