Logo

महानगरमा राजावादीको मत कता



काठमाडौं, ५ जेठ । स्थानीय तहको निर्वाचन २०७४ मा काठमाडौं महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेसँग तालमेल गरेको थियो । एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याई जितेका थिए । राप्रपाको उपमेयरका उम्मेदवारले ३८ हजार ८५४ मत ल्याएका थिए ।

यसपटक स्थानीय चुनावमा राप्रपा एक्लैले मेयर उपमेयरमा उम्मेदवार खडा गरेको छ । मेयरमा कलाकार मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया छन् । जारी मतगणनामा श्रेष्ठले ८०९ मत ल्याउँदा मगैयाको ३४४९ मत छ ।

६० हजार मत गणना भइसकेको छ । अब १ लाख ३० हजारभन्दा केही बढी मत मात्र गन्न बाँकी छ ।

अहिलेसम्मको मतलाई केलाउँदा राप्रपाको मेयरको मत किन यति थोरै आयो भन्ने चासो बनेको छ । उपमेयरलाई भन्दा मेयरलाई ४ गुना कम मत आएको छ ।

राजावादी पहिचान बोकेको दल राप्रपाका समर्थकको मेयरलाई जाने मत काँग्रेस, एमाले या स्वतन्त्र बालेनमध्ये कसैलाई गएको हुनुपर्छ । काँग्रेस र एमाले दुवैको मतको अनुपात विगतमा भन्दा घटेको छ । यस हिसाबले पनि राप्रपालाई विगतमा जाने गरेको मत मेयरमा बालेनलाई नै गएको छ ।

बालेनले धेरै न्युट्रल मत तानेका छन् । काँग्रेस र एमालेलाई कुनै हालतमा नजाने राजावादीको मत पनि बालेनलाई नै गएको विश्लेषण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्