Logo

काँग्रेसभन्दा एमालेको १०४ कम



काठमाडौं, ६ जेठ । स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले नेपाली काँग्रेसभन्दा निकै पछि परेको छ । देशभरका पालिकाको मतपरिणाम अन्तिम चरणतिर आइपुग्दा काँग्रेसले २७८ पालिका जितिसकेको छ । नेकपा एमालेले १७४ पालिका जितेको छ ।

काँग्रेसले २०७४ को स्थानीय चुनावमा जितेको भन्दा बढी पालिका जितिसकेको छ । काँग्रेस ४५ पालिकामा अगाडि छ ।

एमालेले अघिल्लो स्थानीय चुनावभन्दा कम संख्या जित्ने निश्चित भएको छ । १७४ पालिका जितेको एमाले २४ पालिकामा अगाडि छ ।

नेकपा माओवादी केन्द्रले २०७४ को स्थानीय चुनावको भन्दा बढी पालिका जितिसकेको छ । माओवादी केन्द्रले १११ पालिका जित्दा १० मा अगाडि देखिएको छ ।

जसपाले १८ पालिका जित्दा १७ मा अग्रता बनाएको छ । नेकपा एसले १४ पालिका जित्दा ५ मा अग्रता बनाएको छ । लोसपाले ७ मा जित्दा ५ मा अग्रता बनाएको छ ।

राप्रपाका अलावा साना दल र स्वतन्त्रले २३ पालिका जित्दा ११ मा अग्रता बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्