Logo

पाकिस्तानी मुद्रा अहिलेसम्मकै कमजोर, एक डलर बराबर २०० रुपी



एजेन्सी, ६ जेठ । पाकिस्तानको मुद्रा झन् कमजोर भएको छ । आज पाकिस्तानी १ रुपी बराबर २०० डलर नाघेको छ ।

अहिलेसम्मकै कमजोर बनेको पाकिस्तानी रुपी अझ कमजोर हुनसक्ने आँकलन गरिएको छ । सरकारले छिटो कदम चालेर आर्थिक र राजनीतिक स्थिरता कायम गर्न काम गरिहाल्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

पाकिस्तानमा अत्याधिक मूल्य वृद्धि भएको छ । किसान, व्यवसायी र सर्वसाधारणले गम्भीर चासो व्यक्त गरेका छन् । मध्यमवर्गीय जनता मारमा परेका छन् । लगानी गर्नेहरु हच्किएका छन् ।

पाकिस्तानको बजार निकै प्रभावित भएको छ । सेहवाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन् । उनको आर्थिक नीतिलाई बजारले निकै गम्भीरताका साथ हेरिरहेको बताइएको छ ।

मुद्रा स्फितीले विभिन्न समस्याहरु आइरहेका छन् । त्यहाँ विदेशी मुद्रा संचिती निकै घटेको छ ।



प्रतिक्रिया दिनुहोस्